वर्तमान सरकारलाई चिनियाँ प्रधानमन्त्रीको शुभकामना शन्देश

काठमाडौँ,१६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन ।

नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गरेका छन। प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका हुन ।

चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका छन , “तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।”

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त समेत गरेका छन । आज मात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका छन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्