निर्धारीत समयमा घरटहरा खाली नगरे आवश्यक कार्वाहि थालिने

सल्यान,३० पुष ।सल्यानको श्रीनगर बसपार्क क्षेत्रको ऐलाली जग्गामा बनाइएका घर टहरा भत्काउन शारदा नगरपालिकाले दिएको ३५ दिने अल्टिमेटम सकिन अब थोरै समय बाँकी छ । मंसिर २६ गते नगरपालिकाले बसपार्क क्षेत्रमा ऐलानी जग्गामा भएका घर टहराहरु हटाउन ३५ दिनको सुचना दिएको थियो ।

उक्त सुचनाको मिति माघ १ गते सकिदै छ । तर अहिलेसम्म बसपार्क क्षेत्रका कसैले पनि घर टहरा हटाएका छैनन् । अल्टिमेट सकिन अब २ दिन बाँकी रहेको बेला यतिबेला सबैको ध्यान बसपार्क क्षेत्रमा छ । तर अल्टिमेटम सकिन् लाग्दापनि ऐलानी जग्गामा भएका घरटहरा हटाउन स्थानियले आनाकानी गरेका छन् ।

यता नगरपालिकाले भने समयसिमा भित्र घर टहरा नहटाए आफै डोजर चलाएर हटाउने जनाएको छ । शुक्रबार अर्को सुचना जारी गर्दै नगरपालिकाले माघ १ गतेसम्म बसपार्क भित्रका आ(आफ्ना सामान व्यवस्थापन नगरे माघ २ गते नियमअनुसार प्रक्रियामा अगाडि बढ्ने जनाएको छ ।

नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा भएका अस्थायी घर टहराको स्वयम् व्यक्तिले नहटाए माघ २ गते नगरपालिकाले डोजर चलाएर भत्काउने बताए । उनले बसपार्क क्षेत्रमा निर्माण गरिएका सानाठुला सबै घरटहरामा भत्काइने बताए ।

नगरप्रमुख भण्डारीले घरटहरा भत्काउन बित्तिकै बसपार्क निर्माणको थालनी गरिने बताए । विगतमा बसपार्क निर्माणको लागि संघ तथा प्रदेशबाट आएको बजेट तीन पटक फ्रिज भएको र अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड रुपैँया विनियोजन गरेको उनले बताए । अब थप वजेटका लागि डिपिआर सहित प्रदेश र केन्द्र सरकारसँग माग गर्ने उनको भनाइ छ ।

बसपार्क क्षेत्रमा निर्माण भएका ग्यारेजहरु रेशमज्युलामा सार्न लागिएको र रेशमज्यूलामा अटो भिलेज बनाईने उनले बताए ।बसपार्क क्षेत्रमा ऐलानी जग्गामा ८३ वटा अस्थायी घरटहरा बनाईएका छन् । नगरपालिकाका अनुसार घर जग्गा नभएका वास्तविक सुकुम्वासी ३ घरपरिवार मात्रै छन् ।

नगरपालिकाले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने, घरमुली नभएका, आर्थिक रुपमा विपन्न भएका परिवारलाई प्राथामिकता दिएर व्यवस्थापन गर्ने र अस्थायी घरटहरा हटाउने जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्