सल्यान,१४ माघ ।नेपाल शिक्षक संघ सल्यानको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।आज सल्यानको श्रीनगर स्थीत श्री शिव जन मा.वि.को हलमा भएको अधिवेशनबाट दोस्रो कार्यकालको लागी पदाधिकारी चयन गरीएको हो ।मोहोनलाल बिष्टको अध्यक्षतामा पच्चिस सदसिय नगर कार्यसमिति गठन गरेको छ ।जस्मा उपाध्यक्षमा सागर बस्नेत,महिला उपाध्यक्षमा रुपा चन्द,सचिवमा दिनेश कुमार बिएम,अर्थ सचिवमा गायीका बिएम,महिला अर्थ सचिवमा हरिदेवी शर्मा,अर्थ सह सचिवमा मिना बुढाथोकी,सह सचिव तारा हमाल,सह सचिव पार्वति भण्डारी गरी पच्चिस सदसीय नगर कार्यसमितिको सर्वसम्मत चयन गरीएको हो ।नेपाली काँग्रेसका जिल्ला सभापति केशबहादुर बिष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा, बिशिष्ट अतिथिमा नेपाली काँग्रेसका जिल्ला उपसभापति सन्तोस के.सि.,प्रदेश सभा सदस्य सुरेश अधिकारी रहेका थिए ।त्यस्तै अन्य अतिथिहरुमा शारदा नगरपालिकाकी उप प्रमुख सुष्मिता सापकोटा सुनार ,ने.शि.सं.का जिल्ला सचिव युवराज रेग्मी,स सचिव डिल्ली रावत,अर्थसचिव खडानन्द वली,जिल्ला कार्य समिति सदस्य इन्द्र अधिकारी,सनतकुमार शर्मा,नेपाली काँग्रेसका नगर सभापति दिपक कुमार हमाल,वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डे रहेका थिए ।तेजप्रशाद शर्मा सभापति रहेको कार्यक्रममा बेलबहादुर वुढामगरको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन ललित पुणले गरेका हुन ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।