सल्यान, २७ फागुन। शिध्दकुमाख गाउँपालिका ढोरचौर सल्यानको महिला तथा बाल-बालिका शाखाको आयोजनामा सञ्चालन भएको एकल नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ । सिध्द कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सँगीतप्रेमिहरुको उपस्थिति रहेको थियो। शिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा कार्यक्रमको समापन गरिएको हो ।लुकेर रहेका प्रतिभा छनौट गर्ने उद्देश्यका साथ संचलित पालिका स्तरीय एकल नृत्य प्रतियोगिताको अडीशन राउण्डमा ७६ जनाको सहभागिता रहेको भएपनि अन्तिम चरणमा भने १२ जनाले प्रबेश गरेका थिए ।जसमध्य उक्त प्रतियोगितामा अन्जलि चलाउने प्रथम, ओम कुमारी बुढाथोकी द्वितीय,भावना भुसाल तृतीय र सुनिल परियार सान्तवना स्थान हासिल गरेका थिए।विजेताहरुलाई क्रमश प्रमाण-पत्र,ट्रफी तथा नगत सहित सम्मान गरिएको हो ।जसम प्रथमले एघार हजार,दोश्रोले ८ हजार,तेश्रोले ५ हजार र सान्तवनाले ३ हजार नगत प्राप्त गरेका हुन ।कार्यक्रमको मुख्य जज जनक बस्नेत रहेका थिए भने संचलान भीमबहादुर भन्डारीले गरेका हुन
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।