सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर, २९ फगुन। विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे ।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्य चौकी लगायत आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए ।

“हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ”, प्रमुख कोइरालाले भने, “घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरुको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्त्व र माया हुन्छ ।”

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्