टमाटरमा गवारोले क्षेतिगर्दा आम्दानी घट्यो कि अब यो विधि अपनाउनुहोस :

नबिन के: सी

Tomato fruit borer (गोलभेडाको फलमा लाग्ने गबारो)

पहिचान : यो एक पुतली समुहको किरा हो | बसन्त ऋतुमा लगाइने गोलभेडा खेतीमा यसले ठुलो समस्या गराउछ ।

यो किराले गोलभेडाको उत्पादन र गुणस्तरमा ६०% सम्म नोक्सानी गर्दछ | यस किराको बयस्क रात्रिचार पुतली हो | माउ पुतलीले कलिलो फलमा चम्किला, हल्का पहेलो रंगका गोल अण्डाहरु अलग अलग गरि पार्दछ |

क्षतिको लक्षण
गर्मि समयमा खेति गरिएको गोलभेडामा यो किराले धेरै नै क्षति गर्दछ | गर्मि याममा किराको सन्तान उत्पादन दर अत्यादिक हुन्छ | पुतलीका लार्भाले फुल, कोपिला , चिचिला र फलहरुमा आक्रमण गर्दछ | मसिना साना लार्भाले धेरै क्षति गर्दैन तर ठुला छिप्पीसकेका लार्भाले चिचिला तथा ठुला फलहरु बिगार्छन | फलहरुमा प्वाल बनाइ गुदी खाएकाले यस्ता फलहरुको बजार भाउ हुदैन र फलहरु चाडै कुहिन्छन | फलभित्र आधा शरीर पसाई आधा सरिर फल बाहिर राखी गुदी खाने यस लार्भाको बिसेस स्वभाब रहन्छ |

व्यवस्थापन विधि

  • फुल फुल्न थालेपछि हेलि ल्युर (५ वटा प्रति रोपनि वा ३ वटा प्रति कठ्ठा) को दरले प्रयोग गरि भाले पुतलीको अनुगमन गर्ने |
  • किराको फुल, लार्भा संकलन गरि नष्ट गर्ने |
  • किरा लागेका फल टिपी माटो भित्र गाडी दिने |
  • गोलभेडा फुल्न थालेपछि ट्राइकोग्रामा २५०० पर्जीबी प्रति रोपनीका दरले हप्तादिनसम्म ६ देखि ७ पटक छोड्दा रामो नतिजा प्राप्त भएको पाइन्छ |
  • मार्गोसोस जस्ता निममा आधारित बिसादी २ मिलि लिटर प्रति लिटर पानीमा मिसाई हरेक १० दिनको अन्तरमा छर्ने |
  • बेर्ना रोपेको १५ र ३० दिनपछि २ पटक ३ ग्राम बि. टि प्रति ली. पानीमा मिसाई बोट र माटोमा छर्ने |
  • यदि धेरै नै क्षति गरेको छ भने, साइपरमेथ्रिन १०% इ.सी २ मिलि वा ल्याम्डासाइहिलोथिन ५% इसी ०.५-१ मिलि प्रतिलिटर पानीका दरले छर्ने | विषादि प्रयाेग गर्दा ध्यान पूर्वक छर्नुपर्द्छ। 👈🌱

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्