सल्यान,६ साउन। शारदा नगरपालिकाको एक वडाले निशुल्क रुपमा जिल्ला भित्र एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।शारदा नगरपालिका वडा नम्बर १२ ले यस्तो कार्य गर्न लागेको हो। वडा भित्र रहेका ७० वर्ष माथिका जेष्ठ नागरीक,अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भावस्थाका महिलाहरुको प्रसुति सेवाका लागी यस आर्थिक वर्षबाट यस्तो सेवा दिन लागेको वडाले जनाएको छ ।जसबाट अर्थिक रुपमा बिपन्न र तत्कालै स्वास्थ्य सेवा लिन नसक्नेहरु यसबाट लाभवन्दित हुनेभएका छन ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।