टोल विकास संस्था स्थापना र स्यालपानि,स्याँलेघारि लाई नयाँ नामाकरण आम भेला सम्पन्न।

सल्यान , ९ असोज। टोल विकास संस्था स्थापना र स्यालपानि,स्याँलेघारि लाई नयाँ नामाकरण आम भेला सम्पन्न।शारदा नगरपालिका -१५,स्यालपानी,स्याँलेघारी, सल्यानकाे टाेललाई आम भेला बाट उक्त टाेलकाे नयाँ नाम सितलपुर नामाकरण संगै टाेल विकास संस्था स्थापना गरिएको छ। प्रमुख अतिथी शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी थिए भने बिषेश उपस्थितिमा लाेकमान बुढाथोकी, भगवती बाेहरा बस्नेत, माेहन भण्डारी, बालाराम वली, नर बहादुर हमाल, सहदेव हमाल, लुव्धकृष्ण भट्टराई,धन बहादुर बस्नेत लगायत १०५ जनाको उपस्थित रहेका थिए।

संस्थाकाे नाम :- मिलिजुली टाेल

ठेगाना :- शारदा नगरपालिका -१५,सितलपुर,सल्यान

क) कार्य समितिका पदाधिकारीहरू

१) माेहनलाल बुढाथोकी ( अध्यक्ष )

२) देवेन्द्र हमाल ( उपाध्यक्ष )

३) धन बहादुर बाेहरा ( सचिव )

४) सरिता चलाउने (सहसचिव )

५) नन्दा कुमारी कवर मगर ( काेषाध्यक्ष )

६) सहदेव हमाल ( सदस्य )

७) रण बहादुर बुढा ( सदस्य )

८) नवराज खड्का ( सदस्य )

९) पुर्ण बहादुर याेगी ( सदस्य )

१०) नारायण भट्टराई ( सदस्य )

११) इन्द्रा बस्नेत याेगी ( सदस्य )

१२) मिक्षा नेपाली ( सदस्य )

१३) सेतु कवर ( सदस्य )

ख ) सल्लाहकार समितिका पदाधिकारीहरू

१) धन बहादुर बस्नेत (संयाेजक )

२) तुल्सीराम भट्टराई ( सदस्य )

३) गजेन्द्र हमाल ( सदस्य )

उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष देवेन्द्र हमालकाे स्वागत मन्तव्य बाट शुरू भएको थियो भने कार्यक्रमकाे अध्यक्षता माेहनलाल बुढाथोकीले गर्नु भएकाे थियोे संस्थाले गर्ने अगामी कार्य याेजना बारे संस्थाका संचालक समिति सदस्य रण बहादुर बुढाले जानकारी गराएका थिए साथै कार्यक्रमकाे संचालन संस्थाका सचिव धन बहादुर बाेहराले गर्नु भएको थियोे ।

उक्त भेलाले संस्थाकाे नाम ठेगाना र आगामी कार्य याेजना पारित गर्दै टाेल विकास संस्थालाई सम्वन्धित स्थानिय निकायमार्फत दर्ता गर्ने जिम्मेवारी संचालक समितिलाई जिम्मा दिने निर्णय गर्दै भेला सम्पन्न भएकाे छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्