सल्यानमा बाघको आक्रमण बाट चार जना व्यक्ति घाइते भएका छन् ।

सल्यान, १५ असोज। सोमबार विहान बाघले आक्रमण गर्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ का ४ जना व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नं.३ दोलीका ५२ बर्षिया पुर्णराज बि.क ले संचालन गरेको कुखुरा फार्म भित्र लुकेर बसेको बाघको आक्रमणमा परि सोही ठाउँका ४० बर्षिया राजबहादुर के.सी,४० बर्षिया टेकबहादुर थापा,१६ बर्षिया छविलाल के.सी र २७ बर्षिया भिमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर के.सी लाई आक्रमण गरेको र अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।

घाइतेहरुलाई थप उपचारका लागि सल्यान अस्पतालमा पुर्याइएको छ भने,बाघको व्यवस्थापनको लागि इलाका बन कार्यालय लुहामको टोली घटना स्थलमा पुगिसकेको र बाके राष्ट्रिय निकुञ्जको टोली त्यस स्थान तर्फ आउदै गरेको प्रहरीको भनाई छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्