विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्चमा पुनरावेदन


काठमाडौं, १६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा विशेष अदालत बाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा वडा नं. ४ को वडा कार्यालयमा तीन जना वडा सचिवहरु मोहन प्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठले सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ को पहिलो चौमासिक किस्तामा उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जम्मा नौ जनाको नाममा लाभग्राही नै नहुँदा समेत निजहरुको नाम देखाई ५५ हजार दुई सय रुपियाँ हिनामिना गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, नारद प्रसाद खतिवडा, रत्नकुमारी अधिकारी, बल बहादुर अधिकारी, चन्द्रकला अधिकारी, सीता विक, हीराकुमारी दमाई, दुर्गामाया विक., सावित्रादेवी घिमिरेको ’ज्येष्ठ नागरिक भत्ता’, गङ्गामाया राई, जानुका भट्टराई÷जमुना भट्टराई, डाँगी सार्कीको ’विधवा भत्ता’, अनिल नेपाली, अनिल लम्साल, ओमिसा परियार, विपिन गदालको ’बालबालिका दलित भत्ता’ मा रकम हिनामिना भएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्