दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा प्लास्टिकजन्य पुष्प गुच्छा नियन्त्रणमा

तुलसीपुर, १६ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाए पनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आए पछि पालिकाले नियन्त्रणमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बुधबार दश वटा पसल बाट प्लास्टिकका माला, गुच्छा नियन्त्रणमा ल्याएको बताउनु भयो । उहाँले असोज २३ गते नै नेपाल सरकारकले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नियन्त्रणमा लिइएको बताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र मात्रै १५ जनाले व्यवसायीक रुपमा पुष्प व्यवसाय गर्दै आएका छन् भने संस्थागत रुपमा पढ्दै कमाउँदै अभियान अन्तर्गत मेट्रो कलेज, गोरखा मोडेल कलेज,गुरुजजुर मा.वि र अमर मा.वि उरहरीका विद्यार्थीहरुले पुष्प खेती गरेका छन । जिल्लाका तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका ,राप्ती गाउँपालिकाले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरण नगर्न सूचना जारी गर्दै आएका छन ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पुष्प खेती गर्दै आएका व्यवसायीहरुको प्रवर्धन गर्नका लागि बजारका चार क्षेत्र बसपार्क,तुलसी मार्ट,तरकारी फलफूल बिक्री केन्द र अरनिको मैदान क्षेत्र निर्धारण गरेको बताउनु भयो। त्यस्तै पालिकाले पुष्प व्यवसाय प्रवर्धनका लागि डिजिटल प्रसार प्रचार, र पालिकाका कार्यक्रमहरुमा पुष्पका माला प्रयोग गर्दै आएको बताउनु भयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरणमा रोक लगाउनु सकारात्मक काम भएको र यसले यस क्षेत्रका पुष्प व्यवसायीका लागि ठुलो राहत मिलेको बताउनु भयो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्