जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५

जाजरकोट,१८ कात्तिक। जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्न सक्ने दुवै जिल्लाका सीडीओले जनाएका छन्। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्।

भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको थियो ।

हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्