डोटी,१९ कात्तिक। डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार बिहान शिखर नगरपालिका- ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्युु भएको छ । मृत्युु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।
दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ । अत्यधिक चिसो भएकाले जीपलाई निकाल्न नसकिरहेको प्रहरीले बताएको छ ।