सल्यान, २३ कार्तिक । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सल्यान दार्मा गाउँपालिकाका २ हजार ४ सय ९७ नागरिक विस्थापित भएका छन् । भूकम्पले घरहरु पूर्ण रुपमा क्षति पु¥याए पछि नागरिक ज्यान जोगाउन खुला आकाशमुनी बस्न बाध्य भएका छन् ।
दार्मा गाउँपालिकाका अनुसार वडा न ५ मा सबै भन्दा बढी भौतिक क्षति हुँदा १ हजार २ सय ४० घरपरिवार विस्थापित भएका छन् । यस्तै वडा न २ मा ४६६, वडा न १ मा ३९२, वडा न ३ मा ८७ वडा न ४ मा ५, र वडा न ६ मा २०७ नागरिक विस्थापित भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भयो । विस्थापितहरु अहिले गाउँपालिका र अन्य सरकारी तथा गैर सरकारी निकायले उपलब्ध गराएको त्रिपालमुनी बसी रहेको केसीको भनाई छ । दार्मा गाउँपालिकामा भएको क्षतिका विषयमा अन्य निकायको नजर नपुग्दा भूकम्प पिडितले राहत तथा पुनस्थापना गर्न निकै समस्या भएको बताउनु भयो । उहाँले भन्नु भयो मानवीय क्षति भएको छैन भने पछि धेरै नजर दार्मा तिर पर्न सकेन तर भौतिक क्षति के कति भयो भन्ने तिर कुनै निकायले वास्ता गरेन ।
भूकम्पबाट दार्मा गाउँपालिकामा मात्र ७ सय ९४ घरमा क्षति पुगेको छ । वडा न १ मा १२९, वढा न २ मा १५१, वडा न ३ मा २४, वडा न ४ मा ३०, वडा न ५ मा ३९५ र वडा न ६ मा ६५ घर पूर्ण रुपमा क्षति र बस्न नमिल्ने गरि भत्किएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनु भयो ।