तुलसीपुरको पातुखोलामा गरियो सरसफाइ

तुलसीपुर, २५ कात्तिक । दाङको तुलसीपुरमा रहेको पातुखोला सरसफाइ गरिएको छ । संगीत नगर टोल देखि अटो भिलेजको सीमाना सम्म  करिब १५ क्विन्टल फोहर संकलन गरिएको हो । सरसफाइ अभियानमामा प्लाष्टिक जन्य फोहर, सडेगलेका पशुपक्षीका हड्डी, छाला, कपडा, जुत्ता, कागज, बोतल लगायत घरबाट निस्कने सबै खाले फोहर संकलन गरिएको हो ।

१२६ औं सरसफाइ अभियान अन्तर्गत वस्ती नजिकै रहेको पातुखोलामा  सफा गरिएको सार्वजनिक स्थानमा सके सफा गरौँ नसके फोहर नगरौँ  का अभियन्ता राजु विकले बताउनुभयो । फोहरका कारण खोला नजिकै रहेका वस्तीमा दुर्गन्ध फैलिने र त्यसबाट सरुवा जन्य रोगहरू लाग्ने संभावना भएकाले सरसफाइ गरिएको अभियन्ता विकले बताउनु भयो । सरसफाइ अभियानमा संगीत नगर टोलमा आवद्ध स्थानीयवासीहरूको सहभागिता रहेको थियो । 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्