कपुरकोटमा  लैङ्गिक हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रम

सल्यान, ८ मंसिर ।

सल्यानको कपुरकोट गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिभिन्न चेतनामूलक कार्यक्रमहरू भएका छन् । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतता, महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मुल नारा सहित गाउँपालिका स्तरीय बक्तृत्वकला तथा लोक दोहोरी गीत प्रतियोगिता कार्यक्रम भएको हो । लोक दोहोरी गित प्रतियोगिता तर्फ दहबन स्वास्थ्य आमा समुह वडा नम्बर १ प्रथम, सिर्जनशील टोल विकास संस्था वडा नम्बर ४ द्धितिय, सरस्वती आधारभुत विद्यालय वडा नम्बर ६ तृतीय भएका छन् ।

बक्तृत्वकला प्रतियोगितामा वडा नम्बर ३ का साजन पुन प्रथम, वडा नम्बर ४ का सुरेन्द्र वली द्धितिय र वडा नम्बर ६ का मिना बस्नेत महतरा तृतीय भएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो । गाउँपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय हुनेलाई  २५ सय, २ हजार, १६ सय तथा लोक दोहोरी गीत प्रतियोगितामा ३५ सय, ३ हजार र २५ सय पुरस्कार प्रदान गरिएको छ ।

माहिला बालबालिका तथा जेष्ठ नागरिक ईकाइ प्रमुख हिरा कुमारी वलीले सञ्चालन गरेका कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसा नै लैङ्गिक हिंसा भएको बताउनु भयो । पुनले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक अधिकारको समान वितरण हुनु पर्ने बताउनु भयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई गाउँपालिकाको जागरण बर्ष २०८०।०८१ कार्यक्रम सँग जोडेर कार्यक्रम गरिएको बताउनु भयो । गाउँपालिकाका नागरिकहरूलाई सचेतना मूलक कार्यक्रम मार्फत जागरुक बनाउन कार्यक्रम गरिएको जनाउदै समुदायमा पछाडि पारिएका र दबेर रहेका आवाज सुनाउने माध्यमका रुपमा कार्यक्रम कोसेढुंगा साबित भएको उपाध्यक्ष भण्डारीको भनाई छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्