घरेलु हिंसामा परेको भन्दै दाङमा १७ पुरुषले दिए उजुरी

तुलसीपुर,२९ मंसिर । दाङमा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिनेको संख्या बढ्दै गएको छ । दाङमा चालु आर्थिक वर्षको साउनदेखि हाल सम्म १७ जना पुरुषले न्यायको माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषले पनि आफूहरु घरेलु हिंसामा परेको भन्दै उजुरी दिने गरेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या धेरै रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार दाङमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका एक हजार ६४ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा आर्थिक वर्ष २०७८/०७९ मा ४३१ जना २०७९/०८० मा ४५४ जना र चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १५२ वटा उजुरी परेका छन् । जसमध्य ९४९ वटा मुद्दा मिलापत्र भएका छन् भने सम्बन्ध विच्छेदका लागि अदालतमा एक सय मुद्दा पठाइएको छ । त्यस्तै मिलापत्रका ९ वटा मुद्दा रहेको छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्