मौरी पालनमा रमाँउदै सल्यानका किसान

सल्यान, ११ पुस
सल्यानमा मौरी पालन व्यवसाय बाट कृषकहरु आम्दानी गर्दै आइरहेका छन् । जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरि रहेका किसानहरुको राम्रो कमाइको स्रोत बनेको छ । 

सल्यानको कालिमाटी गाउँपालिका-३ का दिलिप रावत विगत ८ वर्ष देखि व्यवसायिक मौरी पालन गर्दै आउनु भएको छ । यो वर्ष मात्र ४ सय किलो मह बिक्री गरेको उहाँले बताउनु भयो । विगतका वर्षहरुको तुलनामा यो वर्ष महको उत्पादनमा पनि वृद्धि आएकाले उहाँले बताउनु भयो । उहाँले भन्नु भयो मसँग एक सय मौरीका घार छन् त्यस बाट यसपालि चार सय किलो मह उत्पादन भयो । 

घरबाट नै प्रतिकिलो १२ सयका दरले बिक्री भइरहेको बताउँदै बजारीकरणको खासै समस्या नभएको रावतको भनाई छ । ९ वर्ष मलेशिया बसेर आउँनु भएका रावतले स्वदेश फर्किए पछि व्यावसायिक मौरी पालनमा लागेको छु उहाँले भन्नु भयो म विदेश हुँदा आमाले पाल्दै आउनु भएको थियो म विदेशबाट आए पछि मौरीका गोला बढाएर पाल्दै आइरहेको छु । 

यस्तै कालिमाटी-२ झिगानेका लोकेन्द्र ओलीले पनि यो वर्ष ४ क्विन्टल बिक्री भइ सकेको र अझै झन्डै एक क्विन्टल निकाल्न बाँकी रहेको बताउनु भयो । १ सय ५० घरमा मौरी पाल्दै आउनु भएका उहाँले विगतका वर्षहरु भन्दा यो वर्ष केही रुपमा वृद्धि भएपनि उल्लेख्य मात्रामा मह उत्पादन बढ्न नसकेको बताउनु भयो । उहाँले भन्नु भयो केही वर्ष अघिसम्म एक सय घारबाट ८ क्विन्टल सम्म मह उत्पादन गरेको भएता पनि विगत केही वर्षदेखि भने निरन्तर महको उत्पादन घट्दै गइरहेको छ । चरन क्षेत्रको अभाव, विकास निर्माणका क्रममा वन विनाश, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण बर्सेनि मह उत्पादन घट्दै गइरहेको उहाँको भनाई छ । 

 कालिमाटी-१ निमारेका गंगाराम रावतले पनि ६२ घारमा मौरी पालन गर्दै आउनु भएको छ । गोला बिक्री गर्दा र मौरी भाग्दा यो वर्ष कम नै मह उत्पादन भएको उहाँले बताउनु भयो । यो वर्ष ६५ किलो मह र १६ वटा गोला बिक्री गरेको रावतको भनाई छ । ४ हजार गोलाका हिसाबले १६ गोला बिक्री गरेको उहाँले बताउनु भयो । 

मह पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेर किसानलाई मौरी पालन तर्फ आर्कषित गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जलवायु परिवर्तनको असर, चरन क्षेत्रको अभाव लगायतका कारण विगत तीन वर्षदेखि मह उत्पादनमा भने कमी आइरहेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनु भयो । कालिमाटी गाउपालिका वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका वडा नम्बर ३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ  ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्