सल्यानमा प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

सल्यान, १३ पुुस । 
सल्यानमा नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै  तीन लाख रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सल्यान कालिमाटी गाउँपाकिला-२ कट्विरका अन्दाजी २५ वर्षीय भोला पुन मगरले जागिरको प्रलोभनमा पारी ६ जनाबाट ३ लाख ठगी गरेको आरोपमा सल्यान त्रिवेणी गाउँपालिका-६ लुहाम बजार बाट पक्राउ गरेको हो । 

कालिमाटी-२ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभ लालच र प्रलोभनमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । निज पुन मगरले आफ्नो प्रहरीका उच्च पदस्थ अधिकारी सँग राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई दिइ सकेकाले शतप्रतिशत काम हुन्छ भनी पिडितहरुलाई आफ्नो घरको काममा समेत लगाउने गरेको प्रहरीको भनाई छ । 

पिडितहरुले कि प्रहरीमा जागिर लगाई दिन कि त पैसा फिर्ता गर्न आग्रह गर्दा पुन मगरले म दिदैन, तिमिहरुले मलाई पैसा दिएका छैनौ जे गछौं गर भने पछि पिडितहरुले पुस  ८ गते इलाका प्रहरी कार्यालय लुहाममा जाहेरी दिएका थिए । 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्