तुलसीपुर, २० पुस । थारु समुदायको महान पर्व माघीका अवसरमा प्रथम थारु सास्ंकृतीक तथा खाना महोत्सव २०८० हुने भएको छ । हिजो बिहिवार विभीन्न सरोकारवालाहरुको बिषेश बैठकले थारु समुदायको लोक सस्ंकृती परम्परालाई जगेर्ना गर्ने र उजागर गर्ने उद्धेश्यले सास्ंकृतीक कार्यक्रम आयोजना गर्न लागेको हो । महोत्सवमा सास्ंकृतीक कार्यक्रम संगै विषेशगरी आकर्षकका रुपमा थारु खानालाई प्रदर्शनीमा राखिने छ । थारु समुदायको भेषभुषा र स्थानीय उत्पादनलाई प्रचार गरीने गरि महोत्सव संचालन गरिने ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले बताउँनु भयो ।
बैठकले यहि माघ ५ र ६ गते तुलसीपुर स्थीत अरनीको मैदानमा महोत्सव संचालन गर्ने नीर्णय गरेको छ । जसका लागि विभीन्न समीती उप समितीहरु गठन भएका छन् । महोत्सवलाई भव्य रुपमा सफल पार्नका लागि मुल समीती संयोजकमा भागीराम चौधरी रहनु भएको छ । यस्तै सह संयोजकमा छवी चौधरी, सदस्य सचिवमा दिप्तीशिखा चौधरी, र सदस्यमा छवीलाल चौधरी रहनु भएको छ । यस्तै मत्तच ब्यवस्थापन समीतीको संगोजकमा टोप बहादुर घर्ती र सह संयोजकमा जित बहादुर खड्का रहनु भएको छ । यस्तै आर्थीक समितीमा भागिराम चौधरी, बिष्णु बहादुर के.सी,श्याम डांगी, छवी चौधरी र निर्मल आचार्य रहनुभएको छ । खाना ब्यवस्थापन समितीको संयोजकमा बसन्त आचार्य रहनु भएको छ । संचार संयोजकमा दिप्तीशिखा चौधरीलाई दिने निर्णय गरेको छ भने थारु सास्ंकृतीक समितीमा छवी चौधरी र खुसीराम चौधरी रहनु भएको छ ।
यस्तै बैठकले महोत्सव संचालन पुर्व पत्रकार सम्मेलनको आयोजना गरि प्रचार प्रसारलाई तिव्र बनाउँने लगाएतका निर्णयहरु गरेको छ । बैठकमा उधौग बाणीज्य संघका अध्यक्ष रामप्रशाद चालीसे,च्याम्वर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती,१२ न. का पुर्व वडा अध्यक्ष श्याम डांगी, राप्ती बबई क्याम्पसका सदस्य निर्मल आचार्य, पुस्तक ब्यवसायीका उपाध्यक्ष तिर्थ डांगी,मेट्रोका क्याम्पस प्रमुख बसन्त आचार्य, पारीवारीक निजी वनका अध्यक्ष पदम के.सी,उपाध्यक्ष मेघराज भुषाल,ग्रीन फाउण्डेसन दाङका अध्यक्ष बिष्णु के.सी,जित बहादुर खड्का , अनु काफले, सिया विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो । महोत्सव मुल आयोजक समितीका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतले गर्नु भएको थियो ।