लुम्बिनी प्रदेश सरकार विरुद्धका उजुरी बढ्दै

दाङ, २३ पौष ।

लुम्बिनी प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ । प्रदेश सरकार गठन भएयता अख्तियारमा तीन सय २२ वटा उजुरी परेका छन् । जस मध्ये आयोगले एक सय ६२ वटा फछ्यौट गरेको छ भने एक सय ६० वटा उजुरी छानबिनकै क्रममा छन् ।
सबै भन्दा धेरै वन तथा वातावरण मन्त्रालयको उजुरी छ । बन तथा वातावरण मन्त्रालय विरुद्धका एक सय छ वटा परेका उजुरी मध्ये ६५ वटा फछ्यौट भएका छन् भने ३८ वटा बाँकी छन् । सबै भन्दा कम सामाजिक विकास मन्त्रालयको उजुरी छ । एउटा उजुरी परेको र त्यो पनि फछ्यौट हुन बाँकी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ७९ वटा उजुरी परेका मध्ये २३ वटा फछ्यौट भएका छन् । अझै ५६ वटा मुद्दा अनुसन्धानको क्रममा रहेका छन् । स्वास्थ्य मन्त्रालयका ५५ वटा उजुरी मध्ये ३५ वटा उजुरी फछ्र्योट भएका छन् भने अझै २० वटा उजुरी बाँकी छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका ३१ वटा उजुरी मध्ये १० वटा फछ्यौट भएका छन् भने २१ वटा उजुरी अनुसन्धानको क्रममा छन् । उद्योग पर्यटन मन्त्रालयका ११ वटा उजुरी मंध्ये चारवटा फछ्यौट भएका छन् भने सात वटा अनुसन्धानकै क्रममा छन् ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सात वटा उजुरी परेका, चार वटा उजुरी फछ्यौट भएका र तीन वटा उजुरी वांकी छन् । अर्थमन्त्रालयका दुई वटा उजुरी परेका र दुवै फछ्यौट भएका छन् । गृह मन्त्रालयका दुई उजुरी परेका, त्यस मध्ये एउटा फछर्योट भएको र एउटा उजुरी अनुसन्धानको क्रममा छ । प्रदेश सभाको एउटा उजुरी परेको र त्यो अनुसन्धानको क्रममा रहेको अख्तियारले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्