काठ्मान्डौ,२४ बैसाख ।पछिल्लो समय युवा पुस्ताहरुको रुचि फोटोग्राफीमा बढेको पाईन्छ ।फोटोग्राफीको माध्यमबाट संसारलाई उजागर गराउने र बिभिन्न परीस्थीतीलाई फोटोको माध्यमबाट नजिकबाट अवलोकण गरीने भएकोले पनि यस प्रति युवा पुस्ताको रुचि बढेको पाईन्छ ।यसै क्रम्मा फोटोग्राफीमा भिज्दै र यसलाई नै आफ्नो पेशाको रुपमा अंगाल्दै गरेका एक प्रतिनिधिमुलक पात्र हुन रविन कटुवाल ।पुर्वी नेपालको जलेश्वरी-३,खोटाङमा जन्मिएका रविन कटुवाल एस.एल.सी सकेर काठमाण्डौ छिरेपछि २०७५ साल देखि फोटोग्राफीमा आकर्षितभै सकृय रूपमा काम गर्दै आईरेका छन ।
फोटोग्राफीको झण्डै ६ वर्षको अबधीमा उनले हजारौ फोटाहरु आफ्नो क्यामरामा कैद गरीसकेका छन । हिजो आज विभिन्न पर्व , उत्सव तथा कार्यक्रमहरुमा फोटो तथा भिडियो खिच्ने प्रचलन व्यापक बढेका कारणले समेत पनि फोटोग्राफरहरुले अहिले अलि बढि काम पाउन लागेको र यस पेशा प्रति रुचि बढेको उनि बताउछन् ।
सानै देखि फोटोग्राफीमा रुची राख्दै यसतर्फ आकर्षित बनेर आफू खुशी फोटो खिच्दै रमाउदै गरेका कटुवालले फोटोग्राफीबाटै राम्रो आम्दानी समेत गर्न सकिने बताएका हुन । यसअर्थ पनि उनका सुरुका दिन यता विभिन्न कार्यक्रमहरूमा फोटो तथा भिडियो खिच्दै बित्ने गरेको छ । उनि फोटो बोल्नु पर्दछ भन्ने मान्यता राख्दछन , फोटो अर्थात तस्वीरले हजार शब्द बोल्ने भएकोले यो पेशामा सक्रीय बन्दै आएको उनि भन्छन् ।आफु खुसी यो पेशा अंगालेको दश वर्ष भएपनि व्यबसायीक्तामा जोडिएको पाँच वर्ष पुरा भएको हो ।
हाल वल्ड वाइड मिडिया प्रा .लि .तथा प्लानेट म्यूजिक प्रा.लि.मा आवद्ध भई सक्रियता बढाएका उनि बिभिन्न सम्मानहरुबाट सम्मानित समेत भईसकेका छन ।अहिले सेकाई इन्टरटेन्टमेन्ट प्रा.लि.मा सहकार्यमा काम गर्दै आईरहेका कटुवाललाई हाम्रो तर्फबाट समेत शुभकामना ।
(फोटो फिचर)