६० किलो सुन प्रकरणमा पक्राउ परेका १६ जना जेल चलान

काठमाडौँ, २७ असार ।  ६० किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका १६ जनालाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले बुधवार थुनछेक बहसपछि ३ जनासँग धरौटी माग गरेको छ । धादिङ सिद्धलेक–५ घर भएका राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख र रूपक भण्डारीसँग ९६ लाख धरौटी माग गरिएको छ । काभ्रेको तेमाल गाउँपालिका घर भएका कान्छा लामासँग ९६ लाख धरौटी माग गरिएको हो । दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका २० जना मध्येका सुशिल ज्याकिबन्जालाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । अदालतले १६ जनालाई थुनामा राख्न आदेश गरेको छ । वीरगन्ज महानगरपालिका–१६ घर भएका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका राजु खत्री, पेवेल नेपालका अध्यक्ष भीम प्रसाद तिमल्सिना, पेवेलका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र पेवेलका संचालक सुरज सम्शेर जबरा लगाएतलाई थुनामा राख्न आदेश गरिएको छ ।

सुन तस्करीमा संलग्नहरुबारे सीआईबीले दोस्रो चरणको अनुसन्धान गरेको थियो । ६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ केजी सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । काठमाडौँका विभिन्न स्टोरबाट बरामद गरिएको स्मार्ट बाच, पानी तान्ने मेशिन, दाह्री काट्ने मेशिन र ब्रेक प्याडको गहिराई विश्लेषण गरेर विज्ञ समूहले सो निष्कर्ष निकालेका हुन् । पहिलो चरणको अनुसन्धान प्रतिवेद बुझाएपछि सीआईबीले विज्ञ समूह गठन गरेको थियो । विज्ञ समूहले दिएको प्रतिवेदनमा बरामद भएका सामानको गहिराई विश्लेषण गर्दा ३ हजार १ सय ९४ केजी सुन ल्याएको उल्लेख छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्