तुलसीपुर,२७ असार । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
भालुको आक्रमणबाट घाइते हुनुभएका घर्तीको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । उहाँको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । उनलाई बिहीबार बिहान करिब साढे ५ बजे जंगलमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।