पहिरोले दुई वटा बस बगाउँदा ६५ जना बेपत्ता

काठमाडौं, २८ असार ।  नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले दुई वटा बस बगाउँदा ६५ जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौँ आइरहेको तथा काठमाडौँबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे जानकारी पाउने वित्तिकै इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगे पनि लगातारको वर्षाले उद्धारमा कठिनाइ भएको छ ।

बीच बाटोमा केही यात्रु चढेकाले बसमा कति जना थिए भनेर यकिन हुन सकेको छैन । यद्यपी दुई वटा बसमा ६५ जना जति रहेका प्रहरीको अनुमान छ । तीन जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएको पनि डिएसपी रिजालले बताउनुभयो । यस्तै चितवनको १७ किलो भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेर अर्को एउटा बसका चालकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्