सल्यानमा लागु औषध सहित तीन जना पक्राउ

सल्यान, २८ असार
सल्यानमा लागु औषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिप चालक बालकृष्ण विक., त्रिवेणी गाउँपालिका-६ का करण कंवर र शारदा नगरपालिका-१ श्रीनगरका २४ वर्षीय शरण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दाङको तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको रा १ ज ५०८ नम्बरको डबल क्याप जिपका चालक बालकृष्ण विकले लागु औषध  ट्रामाडोल हाइड्राक्लोराइड क्याप्सुल ल्याएको भन्ने सूचनाको आधारमा निगरानी गर्ने क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-६ भाण्टाखोलाबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 

भाण्टाखोलामा जिप चालक विकबाट लागु औषध कंवर र श्रेष्ठले लिइरहको अवस्थामा ट्रामाडोल हाइड्राक्लोराइड क्याप्सुल ९ पत्ताको ९० वटा क्याप्सुल फेला पारेको उहाँको भनाई छ । खोजतलास गर्ने क्रममा घटनास्थलबाट भागेका श्रेष्ठलाई लुहाम बजारको एक होटेलको शौचालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको पक्राउ गरिएको खत्रीको भनाई छ । 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्