रुकुम पूर्व, ३० असार । रुकुम पूर्वमा एक महिलाको हत्या भएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ को तामारी चिसापानीका ओलीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ वर्षीय ओलीको शुक्रवार साँझ हत्या भएको हो । खुकुरीले घाँटी रेटेर हत्या गरेको अवस्थामा घर भन्दा एक सय मिटर तल खोल्सामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको र घटना बारे थप खुल्न बाँकी रहेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । श्रीमान् दामे भनिने २७ वर्षीय जीवन ओली पाँच वर्षीय छोरा आयुषलाई लिएर फरार रहेको हुँदा हत्याको आशङ्का श्रीमान् माथि गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार जीवनको खोजी कार्य भइरहेको छ । अप्सराको शव जिल्ला अस्पताल रुकुमकोटमा पोस्टमार्टम पछि आफन्तले जिम्मा लिएका छन् ।