तुलसीपुर, ३१ असार । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अबदेखी टिकट सुल्क लाग्ने भएको छ । यही श्रावन १ गते देखी ओपिडि कार्ड बनाउदा सुल्क लगाउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब एउटा ओपिडि कार्ड बनाउदा २० रुपैयाँ लाग्ने छ भने एक पटक बनाई सकेको कार्डलाई पुनः दर्ता गर्दा १० रुपैयाँ लाग्ने भएको छ ।
विगतमा यसरी नै सेवाग्राहीसँग सुल्क लिदै आएको अस्पतालले केही बर्ष अगाडी देखी नि:सुल्क रुपमा ओपिडि कार्ड बनाउन सुरु गरेको थियो । ओपिडि कार्डमा सेवाग्राहीलाई छुट दिएको रकम प्रदेश सरकारले उपलब्ध गराउने सहमती भएको थियो । तर, सरकारले अहिलेसम्म सोही बाफतको २० लाख रुपैया दिन नसकेपछी सेवाग्राहीबाटै सुल्क लिने तयारी गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. धिकारीले बताउनु भएको छ ।