दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

दाङ,३ साउन । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। रोकालाई आफ्नै घरको कोठामा सुतिरहेको समयमा बुधबार बेलुकी दाहिने हातमा सर्पले टोकेको थियो।

उनको उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्