थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ६ गते। प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। उहाँले अहिले काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनु भयो । उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिनताको अन्त्य गर्ने बताउनु भयो। उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनु भयो।  प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनु भयो। उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनु भयो। 

उहाँले तोकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुन अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनु भयो। उहाँले परियोजनाको लागत वृद्धि हुन नदिने बताउनु भयो।  उहाँले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्सानी असुल उपर गरिने बताउनु भयो। प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताउनु भयो। उहाँले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीका समस्या तत्काल समाधान गर्ने बताउनु भयो। उहाँले अन्य देश व्यापार गरेका छन्। हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनु भयो। उहाँले व्यवसायीमैत्री वातावरण बनाउने बताउनु भयो। उहाँले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताउनु भयो। 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्