पदको सदुपयोग गर्छु : प्रधानमन्त्री ओली

काठमाण्डौं, ७ श्रावन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनु भएको छ । हिजो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

हिजो प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा कूल २६३ सांसद मतदानमा सहभागी भएका थिए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गर्नु भएको थियो । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्