देशभरका ९ वटा सडक अवरुद्ध, १५९ सडक एकतर्फी सञ्चालन

काठमाण्डौं, ८ श्रावन ।  बाढीपहिरो तथा अन्य कारणले देशभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् । एक सय ५९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । सडक विभागको तथ्याङ्कअनुसार नौ वटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाग्लुङ र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । ती सडकको विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

पूर्व पश्चिम मुख्य राजमार्गमा भने अहिलेसम्म कुनै अवरोध छैन । राजमार्गमा नियमित रुपमा गाडि चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यस्तै विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवातजावत नगर्न आग्रह समेत छ । यस्तै मनसुनको यो बेलामा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्