स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयरलाइन्स दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ,  १० साउन ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उहाँले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । “अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ । ”, उहाँले भन्नुभयो-“शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उहाँले मृतकका परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्