भ्रष्टाचार मुद्दा लागेका मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

काठमाडौं, १४ श्रावन ।  भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै अर्याल हिजो नै धरौटी बुझाएर रिहा हुनुभएको हो । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयान पछि धरौटी माग गर्ने आदेश गरेको हो ।

तत्कालीन मुख्यसचिव सहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्याल सहितका पदाधिकारी विरुद्ध अख्तियारले एकमुष्ट ३८ करोड ६७ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो  ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्