पश्चिम दाङको विकासका लागि चार पालिका एकै ठाउँमा

दाङ, १४ साउन । पश्चिम दाङको विकासका लागि चार पालिका एक ठाउँमा उभिने भएका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकाले पश्चिम दाङ विकासका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् । आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी, शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिती गठन गरेको तुलसीपुर उमहानगरका प्रेस संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।

समन्वय समितीको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी रहनु भएको छ । तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकास लागि चारवटा पालिकालाई एकैठाउँमा उभ्याइएको तुलसीपुरका नगर प्रमुख खड्काले जानकारी दिनुभयो । साथै समन्वय समितीको पहिलो बैठकले चारवटा पालिकामा आवश्यक विकासका लागि हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकले टरीगाउँ विमानस्थल बिस्तारका लागि भदौको पहिलो साता एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी सहितको सहभागीतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन निर्णय समेत गरेको छ ।

त्यसैगरी, आगलागी नियन्त्रणका लागि अत्याधुनिक प्रविधिको दमकल खरिदमा साझेदारी गर्ने, तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर, दंगिशरण, शान्तिनगर बबईको जिला भर्‍याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लगि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ । बैठकमा दंगिशरण, शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुश प्रशासकिय अधिकृतको समेत सहभागिता थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्