पश्चिम दाङको शान्तिनगरमा विद्युतको ‘नो लाइट’ सेवा सुरु

तुलसीपुर, १५ श्रावन ।  पश्चिम दाङको शान्तिनगरमा ‘नो लाइट’ सेवा सुरु भएको छ । हिजो सोमबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले ‘नो लाइट’ सेवा कार्यालयको उद्घाटन गर्नुभएको हो । शान्तिनगरमा सो कार्यालय स्थापना भएसंगै अब विद्युतिय समस्याका लागी तुलसीपुर अथवा हापुरे पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विद्युत प्राधिकरणका प्रमुख गोशलीले बताउनुभयो । यसअघि शान्तिनगरमा विद्युतमा केही समस्या भएमा तुलसीपुर वा हापुरे पुग्नु पर्ने भएपनी अब शान्तिनगरबाटै काम हुने उहाँको भनाई छ ।

विद्युतको तार चुडिएमा, पोल ढलेमा, विद्युत गइरहने जस्ता समस्या देखिएमा सो कार्यालयबाटै समाधान हुने उहाँले बताउनु भयो । शान्तिनगर गाउँपालिका–५ रगैचामा स्थापना गरिएको सो कार्यालयबाट शान्तिनगर गाउँपालिकासंगै बबई गाउँपालिका–७ को मलै र दंगीशरण गाउँपालिकाका केही क्षेत्रलाई सेवा प्रदान गर्ने प्रमुख गोशालीले बताउनु भयो । एकजना कर्मचारी नियुक्ती गरेर कार्यालय स्थापना गरिएको र अहिले भाडाको घरमा कार्यालय रहेपनि आफ्नै भवन निर्माणको काम समेत भइरहेको उहाँले बताउनुभयो । यस्तै पालिका अध्यक्ष प्रमोद बस्नेतले कार्यालय स्थापनासँगै नागरिकलाई अब सहज हुने अपेक्षा गरिएको बताउनु भएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्