विरुवा नष्ट गर्नेलाई कारवाही गर्न वन महासंघको माग

तुलसीपुर, १६ श्रावन ।  सामुदायिक वन उपभोक्ता महासंघ दाङले तुलसीपुर–१५ स्थित शिवबाटिका सामुदायिक वनमा लगाइएका विरुवा उखेलेर फाल्ने, भाँचिदिने जस्ता कार्य गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले मंगलबार विज्ञप्ति निकालेर अतिक्रमण हटाएर लगाइएका सात सय विरुवा अतिक्रमणकारीहरुले उखेली दिएको भन्दै उक्त कार्य गर्नेहरुलाई वन ऐन अनुसार कारवाही गर्न डिभिजन वन कार्यालय दाङलाई आग्रह गर्नुभएको छ ।

विरुवा उखेल्ने कार्यमा संलग्न व्यक्तीहरुको पहिचान भइसकेको र किटानी जाहेरीसमेत दिइसकेकाले उनीहरुलाई आवश्यक कारवाहीको माग गरिएको वन महासंघका जिल्ला सदस्य भुप बहादुर केसीले बताउनु भयो । साथै गलत नजिर स्थापित गर्न खोजे वन उपभोक्ता महासंघ उपभोक्ताको पक्षमा उभिने विज्ञप्तिमा उल्लेख छ । सामुदायिक वन महासंघले यस्ता गतिविधि दोहोरिए सह्य नहुने समेत चेतावनी दिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्