रुकुम पश्चिममा १२ हजार सवारीसाधन कारबाहीमा

रुकुम पश्चिम, १८ श्रावन ।  रुकुम पश्चिममा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । जिल्लामा बितेका तीन वर्षको अवधिमा ११ हजार नौ सय ६३ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ७ सय ५ सवारीसाधन कारबाहीमा परेका थिए । सोही कारबाहीबाट २६ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै २०७९/०८० मा ३ हजार ५ सय ८१ सवारीसाधन कारबाहीबाट ३४ लाख २४ हजार ५ सय राजस्व उठेको थियो । गत आर्थिक वर्षमा भने सवारीसाधन कारबाहीको सङ्ख्या बढेर ५ हजार ६ सय ७५ पुग्दा राजस्व पनि बढेर ४२ लाख ४८ हजार सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी सहायक निरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा कुल १ करोड ३ लाख ५ सय राजस्व सवारीसाधन कारवाहीबाट उठेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्