छिमेकिको ह्त्या गरी फरार अभियुक्त २२ वर्षपछि पक्राउ

0
8

सल्यान,२७ साउन ।   २३ वर्षीय छिमेकी युवकको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे जिल्ला सल्यानको साबिकको निगालचुला गाबिस-२ का मनबहादुर कामीको हत्या गरी फरार भएका ६६ वर्षीय -हाल_ ईन्द्रे कामी पक्राउ परेका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

हत्यापछि फरार भएका कामी सुर्खेतमै घर बनाएर लुकिछिपी बसेको सूचनाका आधारमा सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको  जोशील बताए ।

मादक पदार्थ सेवन गरी भएको विवादमा तिहारको दिन बन्चरोले हानेर मनबहादुरको हत्या गरी ईन्द्रेले जंगललमा फालेका थिए ।

यसअघि सल्यान जिल्ला अदालतले कामीलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सोही सजाय भुक्तानीका लागि निजलाइ  अदालतले सोमबार कारागार चलान गरिसकेको छ ।

Leave a Reply