काठमाण्डौं, १८ श्रावन । लुम्बिनी प्रदेशका आठ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले गएको ९ गते नेकपा एमालेबाट ४ र कांग्रेसबाट ४ जना गरी ८ जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । जसमध्य कांग्रेसका धनेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्री, सरोज थापा शहरी विकास तथा खानेपानी मन्त्री, बादशाह कुर्मी वन तथा वातावरण मन्त्री र प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री बन्नुभएको छ ।
कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन । त्यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बन्नुभएको छ ।