सल्यान, २२ साउन
सल्यानमा सोमबार देखि हराई रहेका दुई दाजुबहिनी फेला परेका छन् । हिजो देखि हराई रहेका जिल्लाको सिद्ध कुमाख गाउँपालिका ४ सौडोटाका ९ वर्षीय प्रेम चलाउने र ७ वर्षीया रितु चलाउने आज फेला परेका हुन ।
सोमबार बिहान जनता कालिका आधारभुत विद्यालयमा टिटालीमा पढ्न लागि घरबाट गएकोमा बेलुकासम्म घर नआएपछि परिवारले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए ।खोजतलास गर्ने क्रममा शारदा नगरपालिका ६ घट्टेखाला सडक छेउमा हिडि रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । फेला परेका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहेको र दाजु बहिनीलाई बुवाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।