सल्यानको दार्मामा भूकम्प पुनर्लाभ कार्यक्रम तीव्र 

साउन २२,सल्यान 

नेपाल रेडक्रस सोसाइटी सल्यानले दार्मामा भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालनका लागि  गतिविधिमा तीव्रता  दिएको छ । नेपाल रेडक्रस  सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित  कर्णाली पुनर्लाभ कार्यक्रम का गतिविधिमा तीव्रता दिई राखेको हो ।गत कार्तिक १७ गते राति  जाजरकोटको रामिडँडा केन्द्र  विन्दु बनाइ गएको भूकम्पका कारण  सल्यानको  दार्मा गाउँपालिकामा  ठुलो सङ्ख्यामा भौतिक क्षति भएको थियो ।   क्षतिग्रस्त  दार्मा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित  कर्णाली भूकम्प  पुनर्लाभ  कार्यक्रम  अन्तरगत   जीविकोपार्जन कार्यक्रम  , स्वास्थ्य तथा सरसफाइ , अस्थायी  आवास, लैङ्गिक  र समावेशिता , विपद् जोखिम न्यूनीकरण , स्थलगत क्षमता विकाश  का कार्यक्रम  सञ्चालन गरिने छ ।

कार्यक्रमबाट दार्माका ४ हजार घरधुरी प्रत्यक्ष लाभान्वित  हुने  कर्णाली भूकम्प  पुनर्लाभ कार्यक्रम  सञ्चालन भइरहेको  संयोजक जगत तामाङले जानकारी दिनुभयो । संयोजक तामाङले  पुनर्लाभका कार्यक्रम  सञ्चालन गर्नाको लागि कार्यक्रम को तर्फबाट तदारुकता साथ लागि परेको बत्ताउँदै दार्माका जनताले कार्यक्रम  सम्पन्न  गर्न आआफ्नो तर्फबाट  सहयोग गर्न अपिल गर्नु र्भको छ । तोकिएकै समयमा कार्यक्रम  सम्पन्न गर्न सुरु देखिनै स्थानिय सरकारले सहज भूमिका खेल्दै आएको बत्ताउँदै  स्थानीय  सरकार सँग  समन्वय प्रभावकारी हुने बत्ताउनु भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला सल्यान का सभापति यौवन प्रकाश श्रेष्ठले जीविकोपार्जन अन्तर्गत  दार्माका १७४ घरपरिवार लाई  कृषि र पशुमा लगानी गरी आत्मनिर्भर  बनाउने उद्देश्य ले प्रतिपरिवार ५० हजार रुपैयाँ  ससर्त अनुदान  सहयोग गरिने वताउदै स्थलगत विकाश अन्तर्गत  शौचालय निर्माण  , खानेपानि आयोजना हरू सम्पन्न गरिने जानकारी दिनुभयो । यस्तै  विपद् जोखिम न्यूनीकरण अन्तर्गत  स्थानिय तथा जिल्ला आपत्कालीन  कार्य सञ्चालन केन्द्र LEOC   सञ्चालन गरी सामाग्रीगत सहयोग गरिने  सभापति   श्रेष्ठले  जानकारी गराउनु भयो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्