हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डौं, २४ श्रावन ।  एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिलाई ३० दिनको कार्यादेश दिइएको छ । हिजो दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्