साउनको अन्तिम सोमबारः छत्रेश्वरी शक्तिपिठमा भक्तजनको भिड

सल्यान २८ साउन ।  साउन महिनाको अन्तिम सोमबार आज बिहानै देखि छत्रेश्वरी शक्तिपिठमा दर्शन तथा पूजाका लागि भक्तजनको भीड लागेको छ । सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर ब्रहमाण्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग छत्रेश्वरीमा पतन भएको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ । साउन महिनाको अन्तिम सोमबार भएकाले विशेष गरेर व्रत बसेका महिलाहरु पुजा अर्चना र दर्शन अवलोकनका लागि मन्दिरमा पुगेका छन् । 
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित छत्रेश्वरी सतिपिठमा बिहानै देखि सल्यान लगायत छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुको आउने जाने क्रम जारी रहेको वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले जानकारी दिनु भयो । छत्रेश्वरीमा पिचाशेश्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको किंवदन्ती छ । छत्रेश्वरी शतिपीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । यहाँ बिषेश गरेर शिवरात्रीको बेला नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गर्दछन् । साउन महिनाको अन्तिम सोमबार भएकाले विगतका सोमबार भन्दा भक्तजनको भीड बढी रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल  चढाएमा अटल सौभाग्य प्राप्त हुने र अविवाहितत महिलाले व्रत गरे सोचे अनुरुपको वर प्राप्त हुने विश्वास पनि छ ।  यसैविच सल्यानको त्रिवेणि गाउँपालिका स्थित त्रिवेणि तिर्थशाला धाममा सोमबार साझ आरति गरिने भएको छ ।सोमबार साँझ ६ः३० बजे सन्ध्याकालिन आरती गरिने त्रिवेणी तिर्थशाला धाम संरक्षण समिति लुहामले जानकारी दिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्