काठमाडौँ, २९ श्रावन । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका मध्ये ० दशमलव ६५ प्रतिशतले मात्रै परिचय पत्र पाएका छन् । हालसम्म १ करोड ५२ लाखले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकोमा १० लाखले मात्र कार्ड पाएका राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले जनाएको छ ।
४४ लाख परिचयपत्र छपाइ भएको र वितरणको तयारीमा रहेको राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले बताउनुभयो । राष्ट्रिय परिचयपत्र नम्बरले नै काम चल्ने भएका कारण पनि कार्ड नै लिनेको सङ्ख्या कम भएको उहाँको दाबी छ । अघिल्लो आर्थिक वर्षमा ५ जिल्लाको वडा–वडामा गएर राष्ट्रिय परिचयपत्र वितरण अभियान चलाएको केन्द्रले यस आर्थिक बर्षमा २० वटा जिल्ला यो अभियान सुरु गर्ने भएको छ । ५ वर्ष देखि विवरण सङ्कलन सुरु भए पनि कार्ड छपाईको काम भने दुई वर्ष अगाडिबाट मात्र सुरु भएकाले कार्ड वितरण कम भएको केसरीको भनाइ छ ।