लुम्बिनीका मुख्यमन्त्री बने एमाले प्रदेश संसदीय दलको नेता

दाङ, २ भदौ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन हुनुभएको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलको हिजोको बैठकले मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । उपनेता आचार्य मुख्यमन्त्री भएसँगै संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो । दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गएको साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्