लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ, ४ भदौ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो  । आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने तयारी गरेका छन् ।

नेकपा (एमाले) का सांसद आचार्य नेपाली काँग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत शनिबार बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेता समेत चयन गरिसकेको छ । लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ जना सांसद छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्