काठमाण्डौं, २४ भदौ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय आधा घण्टा तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।
कर्मचारीले खाजा खाने समय हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको भन्दै उहाँले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्नसमेत अनुरोध गर्नुभएको छ ।