लुम्बिनी प्रदेशका वन मन्त्री बादशाहद्वारा राजीनामा

दाङ,२६ भदौ । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाउनु भएको हो । मन्त्री कुर्मीले आज बुधबारदेखि लागु हुनेगरी राजीनामा दिनुभएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्