काठमाण्डौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउने बताउनुभएको छ । आउँदो असोज ४ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या र क्षतिपूर्तिबारे आफूले दरिलो कुरा राख्ने बताउनुभएको हो ।
नेपालले जलवायु परिवर्तन हुने कारणमा कुनै योगदान नदिए पनि त्यसको असर भोगिरहेको कुरा विश्वका नेताहरूसामु राख्ने र क्षतिपूर्तिबारे कुरा उठाउने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभामा नेपालले अपनाएको शान्ति प्रक्रियाको बाटो, सामाजिक र लैङ्गिक क्षेत्रमा हात पारेको उपलब्धि लगायतका विषयमा पनि सम्बोधन गर्ने बताउनु भएको छ ।